arrow

मोरङकै सबैभन्दा ठूलो गाउँपालिकामा काँग्रेसले छान्यो सर्वसम्मत नेतृत्व

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ वैशाख ९ शनिबार
kerabari_ruralmunicipality_map.png

विराटनगर । मोरङकै सबैभन्दा ठूलो गाउँपालिका केराबारीमा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । काँग्रेसका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख रोहित कार्कीलाई उक्त गाउँपालिकामा सर्वसम्मत अध्यक्षको रुपमा सिफारिस गरिएको हो । 

 

त्यस्तै, कल्पना राई कटुवाल महिला उपाध्यक्षमा सर्वसम्मत उम्मेदवारमा सिफारिस गरिएको छ । अध्यक्षको दौडमा तिलक मगर, प्रकाश बस्नेत, बिर्ख थापा, नरबहादुर लिम्बू, गजेन्द्र भण्डारी र  शिव थापा पनि थिए । तर, बाँकी ६ जनाले कार्कीलाई नै सर्वसम्मत बनाउन सहमति जनाएका हुन ।

 

दशवटा वडा भएको केराबारी गाउँपालिकामा १७ हजार ५ सय मतदाता छन । यो जिल्लाकै ठूलो गाउँपालिका हो । गाविसको जनसंख्या पनि अन्यको तुलनामा धेरै छ । काँग्रेसले केराबारीका सबै वडामा सर्वसम्मत उमेदवारको नाम जिल्लामा सिफारिस गरिसकेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ