arrow

प्रदर्शनका क्रममा भेनेजुयलामा १२ जनाको मृत्यु

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
vanezuela-voilence.jpg

काराकास। भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले शुक्रबार पुष्टी गरेका छन् । शुक्रबार जारी गरिएको विज्ञप्तीमा आन्दोलनका क्रममा भएको हिंसामा परी बिहीबार राति र शुक्रबार विहान ११ जनाको काराकासमा मृत्यु भएको जनाइएको छ । अर्का एक जनाको भने मिरन्डा प्रदेशको पेटरेमा मृत्यु भएको बताइएको छ । 

गत अप्रिल १९ देखि यता यसअघि आन्दोलन र प्रदर्शनकै क्रममा तीन जनाको मृत्यु भएको थियो । आन्दोलनमा भएका झडपमा परी अहिलेसम्म ६८ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । मृत्यु भएका घटनाको अध्ययन अनुसन्धान गर्नका लागि पाँच सदस्यीय टोली खटाइएको पनि उनीहरुले जानकारी दिएका छन् । 

भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोले मुलुकलाई आर्थिक र राजनीतिक सङ्कटमा पारेको भन्दै विपक्षीले उनका विरुद्धमा प्रदर्शन गरिरहेका छन् । 

उपराष्ट्रपति तारेक इल एैसामीले हिंसा र प्रदर्शनलाई रोक्ने प्रयास विभिन्न तरिकाबाट भइरहेको शुक्रबार पत्रकारहरुलाई जानकारी दिए । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ