arrow

प्रथम पाँचथर गोल्डकपको उपाधि झापाको पोल्टामा

एपीएफ ४–२ गोल अन्तरले पराजित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ वैशाख ९ शनिबार
panchtar_goldcup.JPG

पाँचथर ।  पाँचथरको फिदिममा सम्पन्न पूर्वान्चल स्तरीय प्रथम पाँचथर फुटवल गोल्डकपको उपाधि विर्तामोड यूनाइटेड क्लव झापाले जितेको छ । शनिबार भएको फाइन खेलमा सशस्त्र प्रहरीको पूर्वान्चल टोलीलाई ४–२ गोल अन्तरले पराजित गर्दे झापा ११ ले उपाधि हत्याएको हो ।

निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट गरिएको थियो । विजेता बनेको झापा ११ ले १ लाख ५० हजार रुपैया हात पारेको छ,भने उपविजेतामा चित्त वुझाएको एपीएफले भने १ लाख रुपैया,तथा ट्रफी र मेडल हात्त पारेको छ ।

खेलमा प्रतियोगिताकै उत्कृष्ट डिफेन्डरको रुपमा एपीएफका कुशन मुरमु, उत्कृष्ट फरवाडको रुपमा एपीएफकै बुद्धिमान राई घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ता झापा ११ का विशाल राई बी भए भने उत्कृष्ट मिडफिल्डर योगश गुरुङ भए । झापा ११ कै दिनेश थापा मगर उत्कृष्ट किपरको रुपमा घोषित भए ।

पाँचथर क्लवको आयोजनामा गत वैशाख २ गतेबाट संचालन भएको प्रतियोगितामा पूर्वका विभिन्न टिमहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ