arrow

एमाले कार्यकर्ताले तरुण नेतामाथि आक्रमण गरी झण्डा जलाएपछि खोटाङमा हंगामा 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
tarun_khotang.jpg

दिक्तेल । खोटाङ जिल्लाको दिक्तेल नगरपालिका वडा नं १४ मा एमालेका नेता तथा कार्यकर्ताहरुले काँग्रेसको भातृ संगठन तरुण दलका नेता माथि आक्रमण गरी झण्डा समेत जलाएपछि सो क्षेत्र अहिले केही दिनदेखि तनाव ग्रस्त छ । शुक्रबार जिल्लाको बुइपा पञ्चदोबाटोमा लाग्ने हटिया क्षेत्रमा एमाले कार्यकर्ताहरुले तरुण दलका १४ नं वडा अध्यक्ष सुनिल श्रेष्ठमाथि आक्रमण गरी तरुण दलको झण्डा समेत जलाएको विषयलाई लिएर शुक्रबारदेखि नै सो क्षेत्र तनावग्रस्त बनेको छ ।

 

सांसद्हरुको निर्देशनमा प्रहरीले आक्रमणकारीलाई उन्मुक्ति दिएको आरोप लगाउँदै जिल्ला स्तरीय नेताहरुले समेत शनिबार सो क्षेत्रमा गएर कोणसभा गरेका थिए । सभामा बोल्ने नेताहरुले यो आक्रमण व्यक्तिमाथि मात्रै नभएको र यसले सिंगो नेपाली काँग्रेसमाथिको आक्रमण गरिएको भन्दै दोषीमाथि कारबाही नभएसम्म आन्दोलन नछाड्ने निर्णय गरेको छ । 

 

झण्डै तीन सयको हाराहारीमा रहेका काँग्रेस कार्यकर्ताहरुले अहिले पनि स्थानीय प्रहरी चौकी घेरेर दोषीमाथि कारबाहीको माग गरिरहेका छन् । तर, स्वयं घटनास्थलमा रहेका जनपथ प्रहरीका डिएसपीले भने कहिले कारबाही गर्ने त कहिले पक्रिन नसक्ने दोधारे कुरा गर्दै आएको आन्दोलनरत पक्षको आरोप छ । 

के भएको थियो घटना ? 

स्थानीय बासीले दिएको जानकारी अनुसार दिक्तेल नगरपालिकाकोे १४ नं वडाका तरुण दल अध्यक्ष श्रेष्ठ शुक्रबार पञ्चमीबाट बुईपा बजार आउँदै थिए । उनको आफ्नो मोटरसाईकलमा तरुण दलको झण्डा पनि थियो । मूख्य सडक हुँदै जाने क्रममा सोही हटिया लाग्ने ठाउँ नजिकै पुगेपछि युथफोर्सका कार्यकर्ताहरुले उनको झण्डा खोसेर जलाईदिएका थिए । उनी हिँडेको सडक एमालेको कार्यक्रम भएको स्थलभन्दा १०० मिटर जतिको दूरीमा पर्छ । 

 

उनले यसरी झण्डा जलाईदिएपछि सदरमुकाममा रहेका जिल्ला नेताहरुलाई जानकारी दिएर उनी आफ्नो काममा लागे । तर, आफ्नो काम सकेर उनी घर फर्किने क्रममा कार्यक्रम स्थल नजिकै आएपछि एक्कासी युथफोर्सका तीन चार जना कार्यकर्ताहरुले कुटपिट गरेका थिए । 

 

उनलाई कुटपिट गरेसँगै युथ फोर्स नेता पाण्डव राईलगायत ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको भएपनि एमाले सांसद् विके राई र विशाल भट्टराईको ठाडो निर्देशन पछि उनीहरुलाई प्रहरीले त्यसै छाडेको तरुण नेताहरुको आरोप छ । घटना लगत्तै नेपाली काँग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठ, महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति सुवास पोखरेल, तरुण दल जिल्ला अध्यक्ष भूषण राई र महाधिवेशन प्रतिनिधि जितेन्द्र ठकूरी जिल्लाबाट घटनास्थल पुगेका थिए । अहिले सबै नेताहरु घटनास्थलमा रहेका छन् । 

 

उनीहरु अझै पनि आन्दोलनमा छन् भने माग पूरा नभएसम्मको लागि आन्दोलन जारी राख्ने अडानमा उनीहरु रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ