arrow

राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
RPP-N111.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले यही वैशाख ११ गते स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको १५ नं वडा एकाइ कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा नेता राजाराम श्रेष्ठले मुलुकमा स्थानीय विकास पूर्वाधार निर्माणका विषयलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउन लागिएको जानकारी दिए  । 

उनले आसन्न स्थानीय निर्वाचनले प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउने र संविधान कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। पूर्वराज्यमन्त्री विक्रमबहादुर थापाले स्थानीय तहको निर्वाचनले जनताका अधिकारलाई स्थापित गर्ने बताए । 

यसैबीच पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा १७ सदस्सीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ । उक्त समितिमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता पशुपतिशम्शेर राणा, नवराज सुवेदी, बालाराम घर्ती र हरिबहादुर बस्नेतलाई सदस्यको जिम्मेवारी दिइएको छ । 

पार्टीको पदाधिकारीमध्येबाट सो समितिमा सदस्यका रुपमा पार्टीका छजना उपाध्यक्ष क्रमशः दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टङ्क ढकाल, विक्रम पाण्डे र रामचन्द्र राय तथा पाँचजना महामन्त्री क्रमशः ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा, सुनिल थापा र जयन्त चन्द छन् ।  रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ