arrow

सरकार-मोर्चावीच दुई चरणमा चुनाव गर्ने सहमती, बैठकमा के-के भयो छलफल ? 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
morcha-sarkar-meeting.jpg

काठमाडौं । आन्दोलनरत मधेशी मोर्चा र सरकारबीच तीन बुँदे सहमति भएको छ । बैठकमा सहभागी मधेशी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णका अनुसार सरकार र मोर्चाबीच निर्वाचन दुई चरणमा गर्ने सहितका ३ बुँदे सहमति भएको हो । दुबै पक्षबीचको बैठकले पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन गर्ने र जेठ ३१ गते दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगसँग परामर्श गरी गर्ने सहमती भएको हो । 

त्यस्तै, सहमतीको दोस्रो बुँदामा परिमार्जन सहितको संविधान संशोधन प्रस्ताव सरकारले फास्टट्रयाकबाट व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने सहमति पनि भएको छ । भने सहमतिको तेस्रो बुँदामा माथि उल्लेखित सहमती कार्यान्वयन भएपछि मोर्चाले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने सहमती भएको नेता कर्णले जानकारी दिए । दोस्रो चरणमा कुन्कुन् क्षेत्रमा निर्वाचन गर्ने भन्ने विषय भने सरकारले नै टुङ्ग्याउने सहमति भएको उनले बताए। सहमति अनुसार पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा चुनाव हुने छ। दोस्रो चरणमा भने प्रदे्श १, २, ५ र ७ मा चुनाव हुने छ । 

के के भयो दिनभरीको छलफलमा ?

शनिबार दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सरकार तथा मधेशी मोर्चाबीचको बैठक चलेको थियो। निर्वाचनको मिति नजिकिँदै गर्दा निर्णायक भनिएको वार्तामा मधेशी मोर्चा र सरकारबीच मोर्चाले राखेको मागमा खासै सहमति जुटाउन प्रयास भएको वैठकमा सहभागी एक सदस्यले बताएका थिए । 

ती सदस्यका अनुसार बैठकमा मधेशी मोर्चाले विशेषगरी दुईवटा माग जोडदार रुपमा प्रस्तुत गरेको थियो। उनीहरुले पहिलो झापादेखि कञ्चनपुरसम्मका तराईका भूभागहरुमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने माग राखेका थिए । संविधान संशोधन अघि तोकिएको मितिमा निर्वाचन हुनै नसक्ने र यदि संविधान संशोधन भन्दा अघि नै निर्वाचन गर्ने हो भने तराईमा आफूहरुको पकड रहेको क्षेत्रमा कम्तिमा २५ दिन प्रचारप्रसारको लागि निर्वाचन पछि सार्नुपर्ने माग मोर्चाका नेताहरुले बैठकमा राखेका थिए । अहिले ६ दल एकीकृत भएर बनेको राष्ट्रिय जनता पार्टीका नेताहरुको सो मागमा संघीय समाजबादी फोरमले आपत्ति जनाउँदै यदि त्यस्तो हो भने तराई मात्रै होईन कि आफूहरुको पकड रहेको पहाडका क्षेत्रहरुमा समेत दोस्रो चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो । 

उनीहरुको माग पछि काँग्रेसबाट बैठकमा प्रतिनिधित्व जनाएका प्रतिनिधिहरुले उनीहरुको माग पनि आफ्नो ठाउँमा जायज हुनसक्ने भन्दै ती माग अनुसार २ नं प्रदेशमा मात्र दोस्रो चरणमा केही दिन पछि निर्वाचन गर्न सकिने जनाउ दिएका थिए । तर, झापादेखि कञ्चनपुरसम्मको तराई भेगमा दोस्रो चरणमा निर्वाचन गर्ने प्रस्तावमा भने बैठकमा सहभागी काँग्रेसका प्रतिनिधिहरु कृष्णप्रसाद सिटौला र रमेश लेखकले सहमति नजनाएपनि शिर्ष नेताहरुले चुनाव गराउने शर्तमा मोर्चाका नेताहरुले राखेको माग स्विकार्न अवस्थामा नेताहरु पुगेका थिए। 

बैठकमा मोर्चाले राखेको प्रस्तावमा सहमति जनाउने हो भने जम्मा ३ प्रदेशमा मात्रै निर्वाचन हुने र आधा भन्दा बढी प्रदेशमा पहिलो चरणमा निर्वाचन हुन नसक्दा राम्रो सन्देश नजाने तर्क सत्तारुढ दलका वार्ताकारहरुले अघि सारेका थिए । यसरी दोस्रो चरणमा पनि निर्वाचन भएन भने चुनावको औचित्य नै नरहने भन्दै काँग्रेसले केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने हो भने जिल्ला नै किटान गरेर दोस्रो चरणको निर्वाचन यो मितिमा यी यी जिल्लामा निर्वाचन हुन्छ भन्नुपर्ने प्रस्ताव गरेको थियो । यदि मोर्चाले सहमति जनाउने हो भने दुई नं प्रदेशका केही जिल्ला र ५ नं प्रदेशका केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सरकार समर्थित दल सहमत भएको बुझिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ