arrow

रोजगारीका लागि युगान्डा पुगेका नेपालीको हत्या, शव ल्याईंदै

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
Killed.jpeg

काठमाडौं । वैदेशिक रोजगारीका लागि अफ्रिकी मुलुक युगान्डा पुगेका एक नेपालीको हत्या भएको छ ।

युगान्डाका एक चिनी कारखानामा सुपरभाइजरको रुपमा कार्यरत भोजपुर सलमा नौ केउरेनीपानीका पोष्टबहादुर बुढाथोकीको हत्या भएको हो ।

कामदारको आक्रमणबाट पोष्टबहादुरको हत्या भएको गैरआवसीय संघ युगान्डाका अध्यक्ष रमेश कडेलले बताए ।

चोरी आरोपमा पक्राउ एक कामदारले बुढाथोकीमाथि सांघातिक आक्रमण गरेका थिए ।

बुढाथोकीको शव नेपाल पठाउने आवश्यक व्यवस्थाका लागि इजिप्टस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहेको कडेलले बताए । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ