arrow

चिकित्साशास्त्र एमडीको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी, दुई पक्राउ

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
bluetooth.jpg

काठमाडौं । चिकित्साशास्त्रको स्नातकोत्तर एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ ।

शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने चिकित्सकद्वय डा अभिषेक आचार्य र डा मनसा भोहरा पक्राउ परेका हुन् ।

आचार्य कमलपोखरीस्थित किस्ट कलेज तथा भोहरा महाराजगन्जस्थित त्रिवि नर्सिङ कलेजबाट पक्राउ परेका हुन् ।

कानमा ब्लुटुथ लगाएर उनीहरूले बाहिरबाट चिट चोर्ने गरेको खुलेपछि पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो ।

उनीहरूको ब्लुटुथ डिभाइसमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

परीक्षाहल बाहिरबाट उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

पक्राउ परेकी २७ वर्षीया भोहरा भारतीय नागरिक हुन् । 

दुवैजनाले एउटै तरिकाबाट चिट चोरेकाले यसमा कुनै गिरोहले उनीहरूलाई सहयोग गरेको प्रहरी आशंका छ ।

एमडी अध्ययनका लागि धेरै पैसा पर्ने र नाम निकाल्न गाह्रो हुने भएकाले यसमा चलखेल भएको आशंका गरिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुवै चिकित्सकलाई नियन्त्रणमा लिएको हो । 

चिकित्सा अध्ययन संस्थानले उनीहरूको परीक्षा रद्द गरी अनुसन्धानका लागि प्रहरीमा बुझाएको हो ।

चिट चोरेकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले तारेखमा उनीहरू छुटेको महाराजगन्ज वृत्तका डिएसपी गोविन्द पुरीले बताए ।

महानगरीय अपराध महाशाखाले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ