arrow

हिमताल फुट्दा करोडौंको क्षति, मकालु जाने बाटो ठप्प 

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
himtal-langmale.jpg

काठमाडौँ । मकालु हिम श्रङखला अन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहिबार दिउँसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ । 

यउपा पिकको फेदमा रहेको हिमताल बिष्फोटन हुदाँ होटल, गोठ, पुल र चौपायमा बगाएको हो । यता मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाएपछि बीचबाटोमै अलपत्र परेका छन् ।

स्थानीय होटल व्यवसायी छेपाल शेर्पाका अनुसार बाढीले बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एक होटल, एक गुम्बा र छ वटा गोड बगाएको बताए । 

बाढीले मकालु वालाखर्कका रिन्जी शेर्पाको करिव दुई दर्जन बढी याक र चौरी बगाए अनुमान छ । 

बाढीले बाटो बगाएपछि मकालु हिमाल आरोहण र अवलोकनका लागि पुगेका पर्यटक अलपत्र परेका छन् । 

पर्यटन विभागमा ६ जना आरोहीले मकालु आरोहण आरोहणका लागि अनुमति लिएका छन् ।

जाने बाटो नभएपछि यस बर्ष मकालु हिमाल आरोहणसमेत रोकिन सक्ने स्थानीय छेपाल शेर्पाको भनाई छ ।

२०५० सालमा विष्फोटन भएको यो ताल बार्षिक रुपमा सामान्य बिष्फोट हुने गरेको शेर्पाले जानकारी दिए । 

बाढीले होटल बगाउदा छेपाल शेर्पाको मात्र करिव एक करोड बरावरको धनमाल बगाएको निकुन्जको प्रारम्भिक अनुमान छ ।

मकालु क्षेत्रको ठूलो हिमताल ठूलो पोखरी पनि विष्फोटको जोखिममा रहेको अध्ययनले देखाएको छ । 

पछिल्लो समय बढी हिमपात भएकाले पानीको सतह बढ्दा हिमताल फुटेको हुनसक्ने मकालु बरुण राष्ट्रिय निकुन्जका लाकपद कुलुङले बताए । 

मकालु आधारशिविरदेखि दुई घण्टा दक्षिणमा रहेको यो हिमतालको अवस्था बारे कसैलाई पनि जानकारी नभएको भन्दै तत्काल अवस्थाको जानकारी दिन स्थानीयबासीले सरकारसँग माग गरेका छन् । 

गोठालोले मात्र देखेको यो ताल अत्यन्तै खतरामा रहेको छेपालको भनाई छ । 

याङमाले हिमतालबाट सिर्जना भएको खोला बरुण नदिमा आएर मिसिएको छ ।

बरुण किनार हुँदै मकालु हिमाल जानु पर्ने भएकाले बाटो पुरै बगाएको निकुन्जले जनाएको छ । 

याङलेखर्क देखि एक क्याम्प माथि रहेको याङमाले क्याम्प आधारशिविर भन्दा तलको क्याम्प हो ।(अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ