arrow

माछा मार्न जाँदा आफै मृत्युका मुखमा, दुई जनाको ज्यान गयो 

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
water-kill.jpg

हेटौँडा । मकवानपुरको मनहरी गाँउपालिका–८ स्थित राप्ती खोलामा माछा मार्न गएका दुई युवाको डुबेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा मनहरी–७, रमनटारका सीताराम विक र तुलाबहादुर पाख्रिन रहेको प्रहरीले बताएको छ । 

माछा मार्ने क्रममा शनिबार उनीहरुको डुबेर मृत्यु भएको थियो । शव निकाल्न साढे तीन घन्टा लागेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, मनहरीको टोली र स्थानीयवासी शव निकाल्ने प्रयासमा जुटेका थिए । 

दहमा एक्साभेटर प्रयोग गरी स्थानीयवासीले खोजतलास गर्दा दुवैजनाको शव भेटिएको थियोे । 

शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगेको प्रहरीले जानकारी दिएको छ । 

मनहरी–राप्ती खोलाको गहिरो दहमा माछा मार्न जाल हानेका विकले जाल तान्न नसकेपछि सँगै गएका पाख्रिनले सहयोग गर्ने क्रममा दुवैजना दहमा डुबेको पाखामा बसेका उनीहरुका साथी कृष्णबहादुर विकले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ