arrow

आइपीएल क्रिकेटः मुम्बई इन्डियन्सको लगातार छैटौं जित, दिल्ली १४ रनले पराजित

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
mumbai-mccleghalan.JPG

मुम्बई । भारतमा भइरहेको आइपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार छैटौं जितको कीर्तिमान बनाएको छ । छैटौं जित आत्मसात गर्ने क्रममा मुम्बईले दिल्ली डेयर डेभिल्समाथि १४ रनको रोमाञ्चक जित निकालेको हो ।

शनिबार राति घरेलु मैदानमा खेलेको मुम्बईले पहिले ब्याटिङ्ग गर्दै ८ विकेटको नोक्सानीमा १४२ रन बनायो । जोस बट्लरले सबैभन्दा बढी २८ रनमात्र जोडे ।

किरोन पोलार्डले २६ तथा हार्दिक पाण्डेयाले २४ रन जोडे । कमजोर योगफल जोडेको मुम्बईलाई कम योगफलमा समेट्न अमित मिश्रा र प्याट कमिन्सले २–२ विकेट लिए । 

जवाफमा १४३ रनको चुनौती लिएर मैदानमा उत्रिएको दिल्लीले झनै खराव प्रदर्शन गर्दै ७ विकेटको नोक्सानीमा १२८ रनमा समेटियो ।

कुनै समय २४ रन जोड्दा ६ विकेट गुमाइसकेको दिल्लीलाई सातौं विकेटका लागि ९१ रनको साझेदारी गर्ने क्रममा क्रिस मोरिसले नटआउट ५२ तथा कागिसो राबाडाले ४४ रन जोडे ।

दुई जनालेमात्र दोहोरो रन जोडेको इनिङमा म्यान अफ द म्याच मिचेल म्याकक्लेघानले ३ तथा जसप्रित बुमराहले २ विकेट झारे । 
लिगमा ७ खेलबाट १२ अंकसहित मुम्बई अंक तालिकामा शीर्ष स्थानमा छ । ६ खेलबाट ८ अंकको कोलकाता नाइट राइडर्स दोस्रो तथा ७ खेलबाट ८ अंककै सनराइजर्स हैदराबाद तेस्रो स्थानमा छ ।

राइजिङ पुने सुपरजाइन्टस ६ अंकबाट चौथो स्थानमा रहँदा दिल्ली, किंगस इलेभेन पंजाब, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात लायन्सको ६ खेलबाट समान ४ अंक छ । 
लिगमा आइतबार दुई खेल हुँदैछन् । ४ः१५ बजे गुजरात र पंजाब तथा राति ८ः१५ बजे कोलकाता र बैंगलोर खेल्नेछन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ