arrow

पृथ्वी राजमार्गमा दुई ट्रक आपसमा ठोक्किए, एक जनाको मृत्यु, छ घाइते

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
accident-final.jpeg

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नंको ट्रक बिहान दुर्घटना भएको हो । 

घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । मृतक पुरुष रहेका र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

ट्रक ठोक्किएपछि राजमार्ग एकतर्फीमात्र सञ्चालनमा आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ