arrow

प्रधानमन्त्री ओली निवासमा 

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
KP-oli-vs-Prachanda.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्नको लागि बालकोट पुगेका छन् । मधेशी मोर्चासँगको सहमतिपछि आईतबार बसेको बैठकले मोर्चासँगको सहमति अनुरुप दुई चरणमा निर्वाचन गर्ने निर्णय गराउने भनिएपनि प्रतिपक्षी दल एमालेसँग परामर्श गरेर मात्रै निर्वाचनको मिति तय गर्नको लागि बालकोट पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 

 

उनी दिउँसो १ बजेतिर मन्त्रिपरिषद् बैठक अपराह्नसम्मको लागि स्थगित गरेर बालकोट तिर लागेका हुन् । शनिबार मात्रै आन्दोलनरत मधेशी मोर्चा र सरकारबीच तीन बुँदे सहमति भएको थियो । दुबै पक्षबीचको बैठकले पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन गर्ने र जेठ ३१ गते दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगसँग परामर्श गरी गर्ने सहमति भएको हो । 


त्यस्तै, सहमतीको दोस्रो बुँदामा परिमार्जन सहितको संविधान संशोधन प्रस्ताव सरकारले फास्टट्रयाकबाट व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने सहमति पनि भएको छ भने सहमतिको तेस्रो बुँदामा माथि उल्लेखित सहमती कार्यान्वयन भएपछि मोर्चाले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको हो । दोस्रो चरणमा कुन् क्षेत्रमा निर्वाचन गर्ने भन्ने विषय भने सरकारले नै टुङ्ग्याउने सहमति भएको हो। सहमति अनुसार पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा चुनाव हुने छ। दोस्रो चरणमा भने प्रदे्श १, २, ५ र ७ मा चुनाव हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ