arrow

प्रचण्ड-ओली वान टु वान वार्ता, प्रचण्ड केही नबोलेपछि पत्रकार हेरेको हेर्‍यै

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
oli-prachanda.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच ओली निवास बालकोटमा १ घण्टा वान टु वान वार्ता भएको छ । मधेशी मोर्चसँग सहमति भएकोे विषयलाई मन्त्रिपरिषद्बाट पारित गराउनु पूर्व ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री दाहाल बैठक पछि पत्रकारहरुसँग कुनै प्रतिक्रिया नजनाई सरासर फर्किएका थिए । 

 

आईतबार मध्याह्नको लागि बोलाईएको मन्त्रिपरिषद् बैठक स्थगित गरेर ओलीलाई भेट्न पुगेका प्रधानमन्त्रीले पत्रकारलाई कुनैपनि प्रतिक्रिया नदिएपछि पत्रकारहरु भने एमाले अध्यक्ष केपी ओलीलाई कुरेर बसिरहेका छन् । वान टु वान वार्ता भएकोले बैठकमा के विषयमा के कुरा भयो भन्ने खुलाईएको छैन । तर, दुई चरणमा निर्वाचन, दुई चरणको निर्वाचनले ल्याउने संबैधानिक जटिलता र विधान संशोधनको विषय बारे छलफल भएको आकलन गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ