arrow

घोराहीमा माओवादी केन्द्रबाट गौतमको नाम सिफारिस

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
Ghorahi_Upamahanagarpalika.png

तुलसीपुर (दाङ) । स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्ममा प्रमुख दलमध्ये नेकपा (माओवादी केन्द्र)ले मात्र आफ्ना उम्मेदवार घोषणा गरेको छ । 

माओवादी केन्द्र दाङले  एक उपनगरपालिका र एक गाउँपालिकाको उम्मेदवार भने घोषणा गर्न सकेको छैन । माओवादी केन्द्रले यसरी सार्वजनिक गरेका उम्मेदवारमा घोराही उपमहानगरपालिका प्रमुखमा माओवादी केन्द्र दाङका इन्जार्च जीवन गौतमको नाम सिफारिस गरेको छ ।  

त्यसैगरी  लमही नगरपालिका प्रमुखमा द्रोपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरी सिफारिस गरिएको छ । राप्ती गाउँपालिका अध्यक्षका लागि श्यामेश चौधरी र उपाध्यक्षका लागि भगवता अधिकारी, बङ्गलाचुली गाउँपालिकाका लागि भक्तबहादुर वली लर उपाध्यक्षका लागि यमुना घर्तीको सिफारिस भएको छ । 

दङ्गीशरण गाउँपालिकामा हिरालाल चौधरीलाई अध्यक्ष सिफारिस गरिएको छ । शान्तिनगर गाउँपालिकामा अध्यक्षमा सुशील खड्का र उपाध्यक्षमा उर्मिला वली, गढवा गाउँपालिका अध्यक्षमा लुमाकान्त न्यौपानेलाई उम्मेदवार घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र राजपुर गाउँपालिकाको उम्मेदवार छनोटका लागि पार्टीभित्र गृहकार्य भइरहेको माओवादी केन्द्रले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ