arrow

ट्यांकरको ठक्करबाट एकको मृत्यु

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
accident.jpeg

हेटौंडा । गाडीको ठक्करबाट हेटौंडामा १ जनाको मृत्यु भएको छ । हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना६ख १०९१ नंको तेल ट्यांकरले  ना७प ९६२ नंको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–४ बस्ने ४८ वर्षीय घनश्याम बन्जारा घटनास्थलमा नै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले  हिरासतमा लिएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ