arrow

८३ वर्षीया पौडेलको नेतृत्वमा ७ सय जना काँग्रेसमा प्रवेश

काँग्रेसले जिते जिल्लामा ३५ हजारलाई रोजगारः गृहराज्यमन्त्री बानियाँ

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ वैशाख १० आइतबार
tarun_makawanpur.jpg

हेटौंडा । मकवानपुरमा ८३ वर्षीया बृद्धको नेतृत्वमा ७ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार मकवानपुरमा आयोजित तरुण दलको बृहत भेलामा ८३ बर्षिया लीला कुमारी पौडेलेको नेतृत्वमा एमालेको भातृ संगठन युवा संघका पुर्व जिल्ला सदस्य विक्रम शाहीको नेतृत्वमा करिब ४५० युवाहरुले एमाले परित्याग गरी काग्रेमा प्रवेश गरेको मकवानपुर काँग्रेसले जानकारी दिएको छ ।

 

त्यसैगरी, चुरे भावरका जिल्ला अध्यक्ष कृष्ण चौरेल, राप्रपा सहित वाईसिएलका भुवन घलानको नेतृत्वमा करिब ३५० जनाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यसरी कूल गर्दा ७ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको काँग्रेसले जनाएको छ । 

 

कार्यक्रममा बोल्दै काँग्रेस मकवानपुरका सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसले मकवानपुरमा जिते दुई नगर र ८ गाउँपालिकामा गरी ३५ हजार युवायुवतीलाई रोजगारी सिर्जना गर्ने आफूसँग योजना रहेको बताएका छन् । नेपाल तरुण दल जिल्ला शाखा मकवानपुरको बृहत तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा शनिवार बोल्दै विशिष्ट अतिथि बानियाँले सो कुरा बताएका हुन् । 

 

काँग्रेसको मूख्य शक्ति भनेकै तरुण भएकाले आसन्न स्थानीय निकायको निर्वाचनको लागि गाउँगाउँ गएर नेपाली काँग्रेसको पक्षमा जनमत तयार गर्न आग्रह गरेका हुन् । राज्यमन्त्री बानियाँले काँग्रेस विकासको संवाहक रहेको बताउँदै काँग्रेसले जे बोल्छ त्यो पूरा गरेरै छाड्ने बताए । प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न बृद्धाश्रम, रेडियो, खेलमैदान, अस्पताल र नगरमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

 

त्यसैगरी कार्यक्रमका प्रमूख अतिथि रहेकी नेपाली काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले जब जब देशमा अफ्ठ्यारो स्थिति सिर्जना हुन्छ तब काँग्रेस सरकारमा गएर मुलुकलाई निकास दिएको इतिहास रहेकोले अवको स्थानीय निर्वाचन काँग्रेसलाई जिताउने निर्वाचन भएकाले दृढ रुपमा लाग्न सम्पूर्णलार्इ आग्रह गरिन् ।
        
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ