arrow

आइपीएल क्रिकेटमा विराट कोहलीको बैंगलोरले बनायो हारमा कीर्तिमानमाथि कीर्तिमान

सबैभन्दा कम योगफल, कसैले पनि जोडेनन् दोहोरो रन 

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
kolkata-bangalore-ipl.jpg

कोलकाता । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्मकै कम योगफल बनाएको छ । 

आइपीएलको १० औं संस्करणसम्म आइपुग्दा बैंगलोरले जम्मा ४९ रन बनाएको हो । 
कोलकाता विरुद्ध कोलकातामै भएको खेलमा १३२ रनको चुनौती पछ्याएको बैंगलोर ९.४ ओभर टिकेर जम्मा ४९ रन बनाएको हो ।

 सो क्रममा अर्को पनि कीर्तिमान बनेको छ । कुनै पनि खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । 

तीन खेलाडीले रनको खातासमेत नखोल्दा केदार जादभले सर्वाधिक ९ रन बनाएका थिए । कोलिन डे ग्राण्डहोम, क्रिस वोक्स र नाथन कोल्टर नाइलले समान ३–३ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले पनि सामान्य प्रदर्शन गर्ने क्रममा १९.३ ओभरमा अलआउट हुँदै १३१ रन बनाएको थियो । 

ओपनर सुनिल नाराइनले १७ बलमा ३४ रन जोडेका थिए । त्यस्तै क्रिस वोक्सले १८ रन बनाएका थिए । 

यो खेलपछि लिगमा मुम्बई १२ अंकसहित शीर्ष स्थानमा कायमै छ भने १० अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा रहेको छ । 

दिल्ली डेयर डेभिल्स, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात लायन्स समान ४–४ अंकसहित पुछारमा छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ