arrow

निर्वाचनमा सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं । स्थानीय तहको निर्वाचनका बेला नेपाली सेना खटाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा पुगेको छ ।

मन्त्रिपरिषद्ले निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो । 

राष्ट्रपतिको स्वीकृतिपछि मात्र सेना परिचालन गर्न सकिन्छ ।

निर्वाचन आउन तीन साता बाँकी छँदा पनि सेना परिचालनको स्वीकृति प्राप्त नहुँदा तयारीमा समस्या भएको रक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

नेपाल प्रहरीले सुरक्षा दिँदै आएका कारागार तथा सरकारी कार्यालयमा सेनालाई खटाउने तयारी भइरहेको छ ।

निर्वाचनमा बुथको बाहिरी घेरामा समेत सेना खटिने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ