arrow

राज्यले नचिनेको ज्युँदो शहीद जो ११ वर्षदेखि अचेत छ.....

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
mukesh-kayastha.jpg

बनेपा । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । 

उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता दुई दर्जनभन्दा बढी युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लािग ज्यान दिए । 

कोही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए, कोही जीवन–मरणकै संघर्षमा छन् । 

बनेपा नगरपालिका–६ का मुकेश जीवन–मरणसँग जुधिरहेका होनाहार पात्र हुन् जनआन्दोलन–२ का । 

मुकेशमा घरमा उनका बुबाआमा छन् तर उनीहरूसँग खुसी छैन । एकोहोरो हेरेर बस्ने छोरालाई आफूले पनि एकोहोरो हेरर बस्नुबाहेक परिवारसँग विकल्प नै छैन ।

मुकेशको जीवनको पीडा गणतन्त्रपछिका कुनै पनि सरकारले बुझ्न सकेन, जति उनको परिवारले खेपिरहेको छ । 

प्रधानमन्त्री र मन्त्रीहरू झन्डा फहराउँदै उनको घरमा अर्धचेत अवस्थामा ओछ्यानमा सुतिरहने मुकेशलाई पटक–पटक भेट्न आए, आश्वासन दिएर फर्किए । 

कोही मन्त्री ‘बाटो परेको’ ले बाध्य भएर मुकेशलाई भेट्न बाटोमा सुरक्षाकर्मी उभ्याएर उनको घर गए । 

तर, उनको परिवारको अन्तरमनलाई जाँच्ने प्रयास कसैले गरेन ।
देश आन्दोलनमा होमिँदा मुकेश १५ वर्षका थिए। उनी १२ वर्षदेखि ओछ्यानमा सुतिरहेका छन् । 

‘२७ वर्षे छोरा बोलचाल, हिँड्डुल गर्न नसक्दा उनकी आमाको मन कति कुँडिएको होला, कसैले अन्दाज नै गर्न सक्दैन,’ मुकेशकी आमा भन्छिन् । 

चाडबाड आउँदा नयाँ लुगा लगाइदिएर सँगै आफन्तकहाँ धाउँदा उनका आमाबाबु खुसी हुन्थे । 

त्यो खुसी चुँडिएको ११ वर्षसम्म जोडिन नसक्दा पीडा हुने गरेको मुकुशकापरिवार बताउँछन् ।

छिमेकी र मुकेशका साथीको घर झिलीमिली हुँदा र नयाँ लुगामा सजिएर हिँड्दा–डुल्दा कायस्थ परिवारमा १२ वर्षअघि बिझेको काँडाले झनै घोच्ने गर्छ ।

स्कुल जाँदा ‘बाई ममी, बाई ड्याडी’ भनेर मुकेश विद्यासागर स्कुल दौडिएको झ–झल्को बुवा कृष्णमान र आमा मीरालाई ताजै छ।

 ‘हरेक बिहान मुकेशलाई बोलाउँदा हजुर भन्छ जस्तै लाग्छ, तर मुकेश अझै बोलेको छैन,’ बुवा कृष्णमान भन्छन् ।
मुकेश अहिले पनि बोल्न, हिँड्न, खानेकुरा चपाएर खान सक्दैनन् ।  

आन्दोलनमा गएका उनको छोरा मुकेशलाई २७ चैत २०६२ मा बनेपाकै तीनदोबाटोमा प्रहरीले गोली हान्यो । 

त्यसदिन अपराह्न टाउकोमा गोली लागेदेखि मुकेशको होस गुम्यो । त्यसयता उनी अचेत छन् । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ