arrow

डीआइजी नवराज सिलवाल पक्राउ, स्पष्टिकरणका लागि प्रहरी प्रधान कार्यालयमा

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
Screenshot-silwal-g.png

काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले स्पष्टिकरण लिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा लगेको छ ।

बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले स्पष्टिकरणका लागि लिएर आएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए ।

उनले अनुशासन र सोधपुछका लागि ल्याइएको पनि बताए । खनालका अनुसार डीआइजी सिलवाल कानुनी परामर्शमा रहेकाले वकिललाई पनि संगसंगै ल्याउन चाहेकाले अधिवक्ता थापा पनि संगसंगै रहेको बताए । 

प्रवक्ता खनालले सिलवाललाई पक्राउ गरिएको भन्दा पनि अनुसन्धान र स्पष्टिकरणका लागि ल्याइएको उचित हुने पनि सुझाए । 

आईजीपीले बोलाएको बैठक बहिस्कार अनि कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको समितिले बयानमा बोलाउँदा नगएका सिलवाललाई अनुशासनको कार्वाहीसमेत हुने खतरा छ । 

सोमबार बिहान पौने १० बजेतिर आफ्नै घरमा डीआइजी सिलवालले कानुनी परामर्श लिइरहेका बेलामा प्रहरीले लिएर आएको अधिवक्ता थापाले पुष्टि गरेका छन् । 

उनले आफू पनि संगसंगै प्रहरी कार्यालयमा आएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ