arrow

प्रचण्डलाई भेटेपछि माओवादी केन्द्रमै फर्किए हमाल

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
gupt_hamal.jpg

काठमाडौं । चार नम्बर प्रदेशका नेता गुप्त हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका छन् । दोस्रो संविधानसभाको निर्वाचनपछि निष्क्रिय रहेका हमाल माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका हुन् ।

हमाललाई नयाँ शक्तिका नेताहरुले चार नम्बर प्रदेशको सहसंयोजकको जिम्मेवारी दिएको भन्दै प्रचार गरेका थिए । यद्यपि, हमालले नयाँ शक्तिको जिम्मेवारी नलिई निष्क्रिय रुपमा व्यवसाय गर्दै आएको बताएका छन् ।
सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेपछि हमालले सक्रिय राजनीति फर्किने निर्णय लिएका हुन् । हमाल सक्रिय राजनीतिमा आउने भएपछि पर्वत र कास्की जिल्लाका माओवादी केन्द्रका नेताहरु उत्साही भएका छन् ।

हमाल तीन दशकदेखि गण्डकी, धौलागिरीको संगठनमा सक्रिय रहँदै आएका नेता हुन् । मोहन विक्रम सिंहको नेतृत्वको मसालबाट २०५४ सालमा विद्रोह गरेर माओवादी प्रवेश आएका हमाल कुशल संगठक र योजनाकार मानिन्छन् ।

सशस्त्र युद्धको समयमा उनले बनाएका अधिकांश योजना सफल भएका थिए । स्थानीय तह निर्वाचनको मूखैमा नेता हमालको सक्रियताले पर्वत र कास्की जिल्लामा माओवादी केन्द्रको प्रभाव बढ्ने कार्यकर्ताको अड्कल छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ