arrow

लमजुङको भुष्मेगाउँका पुरै एमाले अगुवाहरुले छोडे पार्टी

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
uml-lamjung-party-left.jpg

लमजुङ । स्थानीय तह नजिकिंदै जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमालेलाई अर्को ठुलो धक्का लागेको छ । चुजाव नजिकिंदै जाँदा मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ भुष्मेगाउँका पुरै गाउँलेले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

यसअघि  तराञ्चे र ङादीको सिंगै  गाउँ एमाले परित्याग गरी काँग्रेसमा प्रबेश गरेको थियो ।  भुलभुले बजारमा शनिबार दिउसो बैठक बसी पार्टी परित्याग गरेको घोषणा गर्दै विज्ञप्ती सामाजिक सञ्चालमा राखेका छन् ।

गाउँका अगुवा एमाले नेताहरु धनसिंह तामाङ, नारायण बहादुर तामाङ, फुलबहादुर तामाङ, नन्दराज तामाङ, शुभसिंह तामाङ, राजकुमार तामाङ, हरिलाल तामाङ, गञ्जमान तामाङ, टासी लामा, प्रेमबहादुर तामाङ, कृष्णबहादुर तामाङ, शिरकुमारी तामाङ, किमाया तामाङ, पदमराज तामाङ, नन्दराज तामाङ, दिवस तामाङ, मखन तामाङ, मिनबहादुर तामाङलगायतले संयुक्त रुपमा एमाले परित्याग गरेका हुन ।

पार्टी छोडेका अगुवा एमाले कार्यकर्ताहरुले पार्टीको जिम्मेवारी र गतिविधिबाट पन्छिनुको साथै टाढा रहने विज्ञप्तीमा जनाएका छन । स्थानीय निर्वाचनमा उमेद्वारको विषयमा असुन्तुष्टी प्रकट गर्दै पार्टी राजिनामा आएको एमाले स्रोतले जनाएको छ । भुष्मे गाउँका एमाले नेता धनसिंह तामाङलाई वडाको टिकट नदिई अन्य व्यक्तिलाई दिन लागिएपछि भुष्मे गाउँका एमाले निकट तामाङ समुदायले सामुहिक पार्टी परित्याग गरेका हुन् ।

पार्टी परित्याग घोषणा गरेका धनसिंह तामाङले पार्टीमा व्यक्तिवादी र जातिवादी अहमता हावी हुँदा आफुँहरु अन्यायमा परेको  उल्लेख गर्दै पार्टीका नेताहरुको व्यक्तिबादी चरित्रले धोका दिएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ