arrow

संविधान संशोधन विधेयक पेश, एमाले मौन, नेमकिपा उफ्रियो

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
samsad-bhawan.jpeg

काठमाडौं । सरकारले ल्याएको दोस्रो संविधान संशोधन विधेयक संसद बैठकमा पेश भएको छ । कानुनमन्त्री अजयशंकर नायकले दोस्रो संशोधन विधेयक संसद बैठकमा टेबुल गरेका हुन् ।

संशोधन विधेयक टेबुल गर्दा नेपाल मजदुर किसान पार्टीका सांसदहरुले उभिएर नाराबाजी गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु भने मौन बसे । सुरुमै प्रतिपक्षी दलका नेता केपी ओलीले रोष्ट्रममा अभिव्यक्ति दिँदै संविधान संशोधन विधेयकको विरोध गरे ।

यसअघि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा एमालेले संसद अवरोध गरेको थियो। संशोधन प्रस्ताव टेबल हुँदा पनि एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए।

सरकारले उक्त संविधान संशोधन प्रस्ताव चैत २८ गते फिर्ता लिएर भोलिपल्ट अर्को संशोधन दर्ता गराएको थियो। ओलीले संशोधनमाथि संशोधन गरेर संविधान सर्वस्वीकार्य बनाउन सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ