arrow

पहिलो चरणको मतदान सकिएसँगै गणना सुरु हुने, दोस्रोलाई नपर्खिने

दोस्रो चरणमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
election_new.jpg

काठमाडौं । निर्वाचन आयोगले दाेस्राे चरणमा हुने निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरेकाे छ । जेठ ३१ गतेकाे निर्वाचनका लागि उम्मेदवार मनोनयनको मिति जेठ १९ लाई तोकेको छ । आयोगले सोमबार साँझ पत्रकार सम्मेलन गरी निर्वाचन कार्यतालिकाबारे जानकारी दिएको हो ।

सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो । जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ । आयोगले चुनावी चिन्ह दिने मिति २२ जेठलाई तोकेको छ । आयोगले दोस्रो चरणमा निर्वाचन भएपनि अब मतदाता नामावली नयाँ दर्ता नगर्ने जनाएको छ ।

यस्तै, आयोगले पहिलो चरणको निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचनको आचारसंहिता कहिलेबाट जागू हुने भन्नेबारे पनि निर्णय गरेको छैन । यस्तै, आयोगले पहिलो चरणको मतदान सकिएलगत्तै मत गणना सुरु हुने र दोस्रो चरणको निर्वाचनलाई नपर्खिने निर्णय गरेको छ ।

यस्तै, आयोगले पहिलो चरणको कार्यतालिका पनि हेरफेर गरेको छ । पहिलो चरणको निर्वाचनको मनोनयनपत्र दर्ता वैशाख १९ र चुनाव चिन्ह प्रदान वैशाख २२ का लागि तोकिएको छ । यसअघिको कार्यतालिकामा वैशाख १६ का लागि मनोनयपत्र दर्ताको समय तोकिएको थियो ।

No automatic alt text available.

No automatic alt text available.

तालिका
–जेठ १९ गते उम्मेदवारको मनोनयनपत्र दर्ता । सोही दिन उम्मेदवारी दर्ता गरेका उम्मेदवारको सूची प्रकाशित गर्ने ।
–जेठ २० गते उम्मेदवारको विरोधमा उजुरी दिने ।
–जेठ २०–२१ गते मनोनयनपत्र जाँच गर्ने
–जेठ २१ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने ।
–जेठ २१ गते १ देखि ५ बजे सम्म उम्मेदवारको मनाम फिर्ता लिने ।
–जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ।
–जेठ २२ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने
–जेठ ३१ गते मतदान गर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ