arrow

गोरखा भूकम्प गएको २ वर्ष पुग्नै लाग्दा सिन्धुपाल्चोकमा धक्का

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
bhukampa.JPG

काठमाडौं । गोरखा भूकम्प गएको २ वर्ष पुग्नै लाग्दा सिन्धुपाल्चोकमा पराकम्पन आएको छ । सिन्धुपाल्चोकको बराम्ची केन्द्रविन्दु बनाएर सोमबार साँझ पराकम्पन आएको हो ।

साँझ ५ बजेपछि ४ बराम्ची आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो पराकम्पन पनि २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जानकारी दिएको छ ।

गोरखा भूकम्प गएको दुई वर्ष पुग्नु एक दिन अघि पराकम्पन आएपछि स्थानीय फेरि पनि भूकम्प आउने त्रासमा छन् । यद्यपि, भूकम्पविदहरुले नआत्तिन भनेका छन् । भूकम्प गएको दुई वर्ष पुग्दा समेत सरकारले अझै भूकम्प पीडितलाई छानामुनि ल्याउन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ