arrow

रोकियो मुम्बईको विजयी यात्रा, पुनेले हरायो ३ रनले

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
pune-mumbai.jpg

मुम्बई । लगातार ६ जित हासिल गरेर सनसनी मच्याएको मुम्बई इन्डियन्सले भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटको अपराजित यात्रालाई टुंगाएको छ । 

आफ्नो आठौं खेलमा मुम्बई घरेलु मैदानमै राइजिङ पुने सुपरजाइन्टसंगै जम्मा ३ रनको हार खाएको हो । 
पहिले ब्याटिङ गरेको पुनेले ६ विकेटको नोक्सानीमा १६० रन बनायो । 

राहुल त्रिपाठीले ३१ बलमा ४५ रन, अजिन्क्या रहानेले ३२ बलमा ३८ रन बनाए । कर्ण शर्मा र जसप्रित बुमराहले २–२ विकेट लिए । 

जवाफमा मुम्बईले ८ विकेटको नोक्सानीमा १५७ रन मात्र बनायो । कप्तान रोहित शर्माले ३९ बलमा ५८ रन तथा पार्थिव पटेलले २७ बलमा ३३ रन जोडे । 

२१ रन खर्चेर २ विकेट लिएका बेन स्टोक्स म्यान अफ द म्याच भए । 

यो जितले पुनेलाई ठूलो राहत मिलेको छ । पुने ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा चढेको छ । शीर्ष स्थानको मुम्बईको ८ खेलबाट १२ अंक छ । 

एक खेल कम खेलेको कोलकाता नाइट राइडर्सको १० अंक छ । 

मंगलबार रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीचको खेल राति ८ः१५ मा हुँदैछ । 

हैदराबाद ८ अंकसहित तेस्रो स्थानमा छ भने बैंगलोर ४ अंकसहित पुछारमा छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ