arrow

काँग्रेसको घोषणापत्र सार्वजनिक हुँदैः आर्थिक समृद्धी, सामाजिक प्रगति, पूर्वाधार विस्तार, सुशासन प्रत्याभुतीको संकल्प

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
congress-manifesto-cover.jpg

काठमाडौं। नेपाली काँग्रेसले स्थानिय तहका लागि तयार पारेको पार्टीको घोषणापत्र मंगलवार दिउँसो सार्वजनिक गर्ने भएको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । तीन खण्डमा बाँडिएको घोषणापत्रमा काँग्रेसको राजनीतिक पृष्ठभुमी, ऐतिहासिक विरासत र उपलव्धी र स्थानिय सरकार र हाम्रो संकल्प भनेर उल्लेख गरिएको छ । 

पहिलो खण्डमा स्थानिय स्वायत्त शासन समसामयिक राजनीति र अबको एजेण्डा लगायतका विषय बस्तु समेटिएको छ । दोस्रो खण्डमा नेपाली काँग्रेसले विगतमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ । राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनको संवाहकको रुपमा काँग्रेसले पुर्‍याएको योगदान, सामाजिक परिवर्तनको प्रेरक काँग्रेसले लोकतान्त्रि समाजवाद र आर्थिक विकासको अभियन्ताको रुपमा गरेको योगदानलाई सम्झाउने प्रयास भएको छ । 

तेस्रो खण्डमा स्थानिय सरकार र हाम्रो संकल्प शिर्षकमा काँग्रेसले आर्थिक समृद्धी, सामाजिक प्रगति, पूर्वाधार विस्तार, वन वातावरण संरक्षण र सुशासन प्रत्याभुतीको संकल्प पेश गरेको छ । साथै प्रजातन्त्र पूनर्प्राप्तिपछिको २५ बर्षमा काँग्रेस नेतृत्वमा भएका नीतिगत सुधारको प्रतिफल, अबको १० बर्षमा नेपाल कस्तो हुनेछ भन्ने झलक पनि काँग्रेसले घोषणापत्रमा पेश गरेको छ । साथै काँग्रेसको परिकल्पनाको स्थानिय सरकार कस्तो हुनेछ भन्ने कुरालाई पनि काँग्रेसले घोषणापत्र मार्फत मतदाताहरुलाई बुझाउने प्रयास गरेको छ । ५२ पेजमा समेटिएको घोषणापत्रमा नेपालको संविधानमा उल्लेख भएका स्थानिय सरकारको अधिकारको बारेमा   पनि समेटिएको छ । 

नेपाली कांग्रेसले गाउँ र नगरका युवाहरुलाई प्रोत्साहन दिई स्वरोजगारको प्रवद्र्धन गर्न एक “युवा उद्यम चुनौती कोष” को कार्यान्वयन गर्ने घोषणापत्रका उल्लेख गरेको छ । रेमिट हाइड्रो, रेमिट पूर्वाधार, रेमिट आवास कार्यक्रम सञ्चालन गर्ने काँग्रेसले जनाएको छ । 

जल, जमीन, जंगल, जडिवुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार लाई नारा मात्र हैन व्यवहारमा उतार्ने काँग्रेसले जनाएको छ । “समुन्नत घर—गाउँ बी.पी. को विचार, कल्याणकारी राज्य समाजवादको आधार” नारालाई काँग्रेसले स्थानिय नागरिकको समुन्नतीसँग जोड्ने प्रयास अन्तर्गत ल्याएको छ । 

काँग्रेसले स्थानिय तहको चुनावको लागि केहि नारा पनि तय गरेको छ । काँग्रेसले भनेको छ, ' मतदान गर्दा द्वेष होइन, मित्रता रोजौं !'  ' समाजको विभाजन होइन, एकता रोजौं !! ' ' अतिवाद होइन, समृद्धि र मध्यमार्ग रोजौं !' ' शान्ति, लोकतन्त्र र नेपाली कांग्रेस रोजौं !! ' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ