arrow

प्रेममा डुबेपछि धन्यै रविना पनि पुगेकी थिइन् मृत्युको मुखमा 

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
ravina-tandon.jpg

मुम्बई । ‘तु चिज बढी है मस्तमस्त’ गर्लका रुपमा चिनिएकी रविना टण्डनले धन्यै मृत्युसंग पिरती लगाउन पुगिनन् ।

यदि त्यसो हुन सकेको भए उनी २३ वर्षअघि नै यो दुनियाँमा हुने थिइनन् । हालै आएर उनले आफूले प्रेममा डुबेर उत्रन नसकेपछि आत्महत्याको प्रयास गरेको खुलासा गरेकी हुन् । 

सन् १९९४ मा उनलाई धोका दिने धोकेबाज अरु कोही नभइ दिलवाले अजय देवगण हुन् । अजयसंग सन् १९९४ मा आएको सुपरहिट चलचित्र दिलवालेमा स्क्रिन सेयर गरेपछि जिन्दगी नै सेयर गर्न लागेकी रविनालाई छाडेर अजयले करिष्मा कपुरतिर आँखा डुलाएपछि उनले अजय नभए आफ्नो जय नहुने ठानेर आत्महत्या रोजेकी थिइन् । 
त्यो समयमा रविनाले आफू ठूलो मानसिक तनावबाटसमेत गुज्रेको बताएकी छिन् । त्यसपछि उनले आफ्नो बहलाउन खेलाडीका पनि खेलाडी अक्षय कुमारसंग साइनो गाँस्न पुगिन् ।

तर अक्षयले पनि उनको भावनालाई क्षय गर्दै ट्विंकल खन्नासंग बिहे गरेपछि ‘मस्तमस्त’ रविनाको प्रेमजीवन ध्वस्तध्वस्त नजिक पुगेको थियो । 
सन् २००४ मा अनिल थडानीसंग बिहे गरेकी रविनाका चार सन्तान छन् । अहिलेसम्म उनीहरुको बैबाहिक जीवन सुखमय नै छ । ४२ वर्षकी रविना हेर्दा अहिले पनि मस्त नै देखिन्छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ