arrow

जे देखियो सानेपामा : प्रकाशमानले घोषणापत्रले हम्किए, रामशरणले विमलेन्द्रको हातबाट खोसे !

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
prakashman_nn.jpg

काठमाडौं । व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको  छ ।

मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक समारोहको अधिकांश अनलाईन र रेडियोले प्रत्यक्ष प्रसारण गरिरहेका थिए ।

काँग्रेसका दोस्रो श्रेणीका नेताहरु अलिक असभ्य ढंगले प्रस्तुत भए । बसेको ठाउँमा दायाँबाँया फर्किनु सामान्य जस्तै थियो । वक्ताले बोलिरहेका बेला समेत ध्यान अन्तै थियो धेरैको । गृहमन्त्री समेत रहेका विमलेन्द्र निधि पार्टी सभापति देउवाको देब्रेपट्टीसँगै बसेका घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यसँग बसेका थिए । निधिलाई निकै तलतली लागिरहेको थियो । निधिको ध्यान अन्तै थियो ।

निधिले कानेकुसी अन्तिम समयसम्म पनि छोडेनन् । पार्टीसभापति देउवासँग राम्ररी कुरा गर्न भने पाएनन् । महेश आचार्य उठेको मौका छोपेर कुरा गर्ने निधिको धोको पूरा भएन । नेता आचार्य घरि प्राविक कुरा मिलाउन उठ्थे घरि बस्थे । पार्टी सभापतिले घोषणापत्र सार्वजनिक गरेपछि निधिले घोषणापत्रका पानाहरु फरर, फरर पार्न थाले । त्यो देखेर पट्यार मानिरहेका रामशरण महतले निधिको हातबाट घोषणापत्र खोसे । कानमा अड्याइएको चस्मा झिके र पाना पल्टाउँदै हेर्न थाले ।

सायद निधिलाई हतारो थियो । उनी के गरौँ गरौँको अवस्थामा थिए । उता, सभापति देउवाको दायाँपट्टीको लहरमा बसेका सबै नेताहरुले पार्टीको घोषणापत्र मजाले हेरिरहेका थिए । प्रकाशमान सिंहलाई भने लाग्थ्यो उखरमाउलो गर्मीले सताइरहेको थियो । ता कि उनले घोषणापत्रमा के लेखिएको छ ? भित्र पल्टाउने ध्याउन्न लगाएनन् । उनले घोषणापत्रले हम्केरै गर्मी कम गरे । बेलाबेला उनले ध्यान अन्तै लगाउँथे । यसो दायाँ बाँया हेरेर फेरि हम्किन थालिहाल्थे । सभाहल टनाटन थियो । पत्रकारहरु पनि टनाटन । लाइभ भइरहेको थियो कार्यक्रम । पार्टीकाे गाेप्य बैठक थिएन त्याे । 

नेताहरुले पट्यार मानेको र हतार गरेको बुझेरै पार्टी सभापति देउवाले छोटो सम्बोधन गरे । देउवाले सम्बोधन सकेर बस्न भ्याएका थिएनन् । गृहमन्त्री समेत रहेका नेता निधिले विदा मागे । देउवाले के हतार गरेको भन्न नभ्याउँदै निधि हिँडे । देउवाले गए आउ भन्याजस्तो हातको इसारा गरे । सार्वजनिक कार्यक्रम गरेपछि सभ्य हुनुपर्छ । औपचारिक हुनुपर्छ भनिन्छ । घाेषणापत्रमा मतदातालाई मात्र नभई अन्तरपार्टीलाई समेत चासाे हुन्छ ।

पाेलिटिकल लिडरहरुको आचरणलाई लिएर पछिल्लो समय थुप्रै टिकाटिप्णी हुने गरेका छन् । समृद्धिको ढोका खोल्ने अभियन्ताहरुनै औपचारिक र अनौपचारिक कार्यक्रम चिन्दैनन् भन्ने एक उदाहरण हो, यो । पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई नेताहरुले गौण सम्झे वा आचरण सुधार भएन संचारमाध्यम नियालेर बसेकाहरुको प्रश्न ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ