arrow

कञ्चनपुरमा एमालेबाट क–कसले पाउँदैछन् टिकट ?

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
cpnuml.jpeg

कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि एमाले कञ्चनपुरका उम्मेदवारको टुङ्गो लागेको छ । जिल्लाको दुई गाउँपालिका र सात नगरपालिकामा एमालेले मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको हो ।

एमाले जिल्ला कमिटिले ९ वटै स्थानीय तहका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्न प्रदेशमा तीन–तीन जनाको नामावली पठाएको थियो ।

यस अघि बेल्डाँडी गाउँपालिका र महाकाली नगरपालिकामा उम्मेदवारको जिल्लाबाटै टुङगो लगाइएको थियो । बेल्डाँडी गाउँपालिकामा अध्यक्षका लागि धन बहादुर थापा र उपाध्यक्षका लागि कमला कार्की र महाकाली नगरपालिकाको मेयरका लागि किशोर लिम्बु र उपमेयरका लागि चिनी गिरीको सहमतीय आधारमा जिल्लामा आएपछि एमाले जिल्ला कमिटिले अनुमोदन गरेको हो ।
 
एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख रण बहादुर महराले प्रदेश कमिटिले कञ्चनपुरका सबै गाउँ तथा नगरपालिकामा उम्मेदवार छनौट गरेको बताए । उनका अनुसार जिल्लाको पहिलो भीमदत्त नगरपालिकाको मेयरका लागि सुरेन्द्र विष्ट, उपमेयर माया पन्त, बेदकोट नगरपालिकामा मेयरका लागि अशोक चन्द, उपमेयर सुशीला सिह, शुक्लाफाँटा नगरपालिकामा मेयर रण बहादुर महरा, उपमेयर तुलसादेवी हमाल, कृष्णपुर नगरपालिकामा मेयर कर्ण हमाल, उप मेयरमा रमिता राना बडायक, पुनर्वासमा फैरु तामाङ्ग, लालझाँडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा कुस्मा राना छनोट भएका छन् ।

यस्तै पञ्चायतकालमा कैलाली कञ्चनपुरको पहिलो मुकाम रहेको बेलौरी नगरपालिकाको मेयरमा पल्लवराज भट्ट र उम मेयरका लागि चित्रा चौधरीले उम्मेदवारको टिकट पाउने भएका छन् । छिट्टै उम्मेदवार सार्वजनिक गरेर चुनावी अभियान जुट्ने एमाले कञ्चनपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ