arrow

एउटै भाषणको चार करोड बढी लिएपछि ओबामाको आलोचना 

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
obama-barrak.jpg

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको यतिबेला ब्यापक आलोचना भएको छ । वाल स्ट्रिट बैंकमा एउटा भाषण गर्न ४ लाख अमेरिकी डलर (चार करोड बढी रुपैयाँ) शल्क लिन सहमति जनाएकोमा व्यापक आलोचना भएको हो ।

ओबामाले आगामी सेप्टेम्बरमा हेल्थ केयर सम्मेलनमा सम्बोधन गर्ने प्रस्ताव स्वीकार गरेको अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ओबामाले ह्वाइट हाउस छाडेको सय दिन भन्दा कम समयमा यो स–शुल्क सम्बोधनमा सहमति जनाएको बीबीसीले समाचार लेखेको छ । 

सन् २०१५ मा हिलारी क्लिन्टनले तीन वटा भाषणका लागि लिएको शुल्क भन्दा ओबामाले लिन लागेको शुल्क दोब्बर सरह हो । क्लिन्टन पनि आलोचित भएकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ