arrow

वेष्ट इन्डिज विरुद्ध पाकिस्तानको रोमाञ्चक ७ विकेटको जित

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
pak-cric.jpg

किंगसटन । वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्ट क्रिकेटमा पाकिस्तानले ७ विकेटको रोमाञ्चक विजय हासिल गरेको छ ।

अन्तिम दिन ४ विकेटको नोक्सानीबाट अगाडि खेलेको वेष्ट इन्डिजले लगातार विकेट गुमाउन पुगेपछि १५२ रनमा समेटियो । यासिर शाहले ६३ रन खर्चेर ६ विकेट झारे । 

जम्मा ३२ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले ७ रन जोड्दा दुई विकेट गुमाएपछि थप रोमाञ्चक बन्यो । २४ रन जोड्दा युनिस खान पनि आउट भए ।

लगातार तीन विकेट गुमाएपछि आफ्नो टिमसंग रिसाएका कप्तान मिसबाह उल हकले त्यसको रीस भने वेष्ट इन्डिजका बलरसंग पोखेका छन् । उनले ३ बलमा नटआउट हुँदै २ छक्काको मद्धतले १२ रन बनाए । 

३२ रन बनाउन पाकिस्तानले १०.५ ओभर लगाएको थियो । यसअघि वेष्ट इन्डिजले पहिलो इनिङमा २८६ रन बनाउँदा मोहम्मद अमिरले ६ तथा यासिर शाहले २ विकेट लिए ।

जवाफमा पाकिस्तानले ४०७ रन बनाएको थियो । जितसंगै पाकिस्तानले तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ