arrow

आइपीएलको दशौं संस्करणमा पहिलो बराबरी, वर्षाले बैंगलोर र हैदराबादको खेल रद्द

बुधबार पुने र कोलकाता भिड्दै 

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
bangalore-haidarabad.jpg

बैंगलोर । भारतमा भइरहेको आइपीएल क्रिकेटको २९ औं खेल रद्द भएको छ । जारी संस्करणमा पहिलो खेल वर्षाले गर्दा रद्द भएको हो ।

योसंगै डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरले अंक बाँडेका हुन् । मुम्बई १२ अंकबाट शीर्ष स्थानमा छ भने कोलकाता १० अंकसहित दोस्रो स्थानमा छ ।

हैदराबाद ९ अंकबाट तेस्रो, राइजिङ पुने सुपरजाइन्टस ८ अंकबाट चौथो, किंगस इलेभेन पंजाब ६ अंकसहित पाँचौं, बैंगलोर ५ अंकसहित छैटौं, त्यस्तै दिल्ली र गुजरातको ४–४ अंक छ । 

लिग अन्तर्गत बुधबार एउटामात्र खेल हुँदैछ । पुने र कोलकाताले राति ८ः१५ बजे पुनेमा खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ