arrow

कस्तो पीडा ! पैसाले रोक्यो पतिको किरिया, यस्तो छ कारुणिक कहानी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ वैशाख १३ बुधबार
kiriyakharcha.jpg

पुनर्बास (कञ्चनपुर) । पुनर्वास नगरपालिका ५ मदन आश्रित टोलका धनी दमाईको ३ दिन अघि निधन भएको थियो । हिन्दू धर्म परम्परा अनुसार उनको निधन भएकै दिन अन्तेष्टि भएपछि काजकिरिया गर्नु पर्ने हो । तर, उनको तीन दिनसम्म काजकिरिया नहुनुमा अरु कुनै कारण होईन कि उनले आर्थिक अभावका कारण नै सो परम्परा धान्न सकिनन् ।  

 

१ कट्ठा एलानी जमिनमात्र  भएकी उनी माटोले बारेर खरले छाएको जीर्ण घरमा बस्दै आएकिछिन् । उनका श्रीमानको कालगतिले ३ दिन अघि निधन भयो । श्रीमानको निधनले आघात बनाएको  उनको मन आफ्नो परापूर्व कालको स‌ंस्कृति धान्न नसक्दा झनै दुखेको देखाउँथ्यो उनको मलीन अनुहारले । 

 

त्यसो त उनका श्रीमानको उनी उनी एउटीमात्रै श्रीमती भने होईनन् । उनका श्रीमान् धनी दमाईले जेठी श्रीमती जसमति दमाईबाट सन्तान नभएपछि आफूभन्दा आधार उमेर कान्छी गौरी दमाईलाई विवाह गरेका थिए । गौरीबाट बालबच्चा त जन्मिए । तर, उनीहरुको आर्थिक स्थिती भने सुध्रिएन । दिन प्रतिदिन उनीहरुको आर्थिक स्थिती खस्किँदै गयो । गौरीबाट ४ छोरी र २ छोरा जन्मिए । जसमध्ये दुई छोरीको विवाह भईसकेको छ भने साथमा ८ र १० वर्षका छोरीहरु तथा ५ र १२ वर्षका छोराहरु पनि  छन । 

 

अहिले जसमती एक्लै गाउँमा  पुराना कपडा सिलाएर आफ्नो गुजारा टार्दै आएकी छिन् । त्यस्तै, गौरीले भने दाउरा बेच्ने तथा मजदुरी गर्ने गरेर बृद्धा बुढा र छोराछोरीलार्इ दुखसुख पाल्दै आएकी थिइन् । उनीहरुले नगरपालिकाले दिने पोषण भत्ता पनि अहिलेसम्म नपाएको गुनासो गरे ।  ५ वर्षको छोराको जन्मदर्तामा नेपाली थर लेखेकोले  दलित बालिकालाई उपलब्ध गराउने पोषण भत्ता पनि नगरपालिकाले नदिएको गौरीले दुखेसो पोखिन्। बच्चाहरु गाउँलेहरुले ल्याईदिएको  एकमाना चामल र चिनी मोलेर खाँदै भोक मेटाउन बाध्य भएका छन  ।


३ दिनसम्म पनि श्रीमानको काजकिरिया गर्न नपाएपछि अहिले स्थानीयले चन्दा सहयोग उठाएर उनीहरुलार्इ सहयोग गरेका छन् ।  गरिब तथा विपन्न समुदायको सामाजिक आर्थिक सशक्तीकरण गर्न पुनर्वासमा नगरपालिकाले स्थापना गरेको नागरिक सचेतना केन्द्र मार्फत् उनलार्इ सहयोग गरिएको हो । नगरपालिकाले अहिले यस्ता ६ वटा केन्द्रहरु स्थापना गरेको छ । 

 

हाल यो नागरिक सचेतना केन्द्रमा ३० जना सदस्य रहेका छन । नागरिक सचेतना केन्द्रका प्रत्येक सदस्यले  १०० रुपैयाको दरले र सामाजिक परिचालिका लक्ष्मी ओझा र पुनर्वास नगरपालिकाकी कार्यक्रम अधिकृत नारायणी अधिकारीले समेत गरी  ४२ सय १५ रुपैयाँ स‌ंकलन समेत गरेका छन् । 

 

सो रकम संकलन गरी अधिकृत नारायणी अधिकारीको प्रमुख आतिथ्यमा समूहका महिलाले  दुखी महिला जसमती दमाईलाई उनकै घरमा गएर हस्तान्तरण गरेका थिए । रकम पाएपछि जसमतीले रुँदै आफूले लोग्नेको काजकिरिया गर्न पाएको बताईन् । यसरी सामुहिक रुपमा आफ्नो टोल समाजमा मिलेर एक अर्कालाई सहयोग गर्ने संकार बसाल्नु अन्य समाजकोलागि पनि उदारणीय भएको कार्यक्रम अधिकृत अधिकारीले बताईन । 

 

यता नगरपालिको आफ्नो कुल बजेटको १० प्रतिशत रकम लक्षितबर्गको कार्यक्रम अन्तर्गत दलित समुदायलाई छुट्याउदै आएको भए पनि  बजेट केहि टाठा बाठाहरुले कोठे कार्यक्रम गरेर सिध्याउने गरेकाले  पनि अति विपन्न दलितहरुको जिवन स्तरमा कुनै सुधार नआउन नसकेको स्थानीयहरु बताउछन । 

 

अति बिपन्न समुदायका नागरिकको जीवन स्तरमा परिबर्तन ल्याउन सरकारले ल्याएका कार्यक्रम पीडितसँग पुग्न नसक्दा जसमती जस्ता गरीब महिलाहरुको पीडा न्यून हुन सकेको छैन । यसतर्फ सम्बन्धित निकाय कहिले जिम्मेवार हुने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ