arrow

इटहरी फेशन परेडको तयारी अन्तिम चरणमा

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
itahari-fashion-show.jpg

इटहरी । नयाँ बर्ष २०७४ को अवसर पारी आयोजना गर्ने भनिएको इटहरी फेशन परेडको तयारी अन्तिम चरणमा पुगेको छ । इटहरीमै पहिलो पटक आयोजना गर्न लागिएको फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूको पनि उपस्थिती रहने भएको छ ।

बैशाख २१ गते हुने फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना मोडलहरूलार्इ तालिम प्रदान गरेलगत्तै त्यसको तयारी अन्तिम चरणमा पुगेको हो ।

इटहरी बेङकुइटमा हुने कार्यक्रममा मुख्य आर्कषकको रूपमा नेपालकी नव नायिका रेश्मा घिमिरे, नायिका तथा मिडिया पर्सनालिटी रिमा बिश्वकर्मा लगायत अन्य ख्यातीप्राप्त मोडलहरूको सहभागी रहने भएको छ । परेडमा धरान, इटहरी, दमक, काठमान्डौ गरी १५ मोडेलहरूको सहभागी रहने जनाइएको छ ।

सम्मर, लेहेंगा, सारी, गाउन, ब्राइडल लगायतका बिभिन्न सिजनका डिजाइनहरू उक्त कार्यक्रममा प्रश्तुत रहने इभेन्ट मेनेजर कृष्ण श्रेष्ठले बताए । इटहरीस्थित पहिरन बुटिक तथा रूपकला मेकअप स्टुडीयोले संयूक्त रूपमा गर्ने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरूका साथ राष्ट्रियस्तरको कलाकारहरु संगसंगै खानपिनको समेत मज्जा लिन सकिने जनाइएको छ । कार्यक्रमको अन्तिम तयारीसंगै टिकट बिक्री सुरू गरिसकेको पनि आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ