arrow

'एनसेलले डिलर हटाएको छैन' 

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
ncell-axiate-company-logo.jpeg

काठमाडौं ।  एनसेलले बुधबार विज्ञाप्ति सार्वजनिक गर्दै डिलरले कम्पनीका बारेमा झुटा तथा आधारहिन आरोप लगाएको जनाएको छ ।   विज्ञाप्तिमा एनसेलले विगत केहि दिन देखि एनसेलसँग काम गरिरहेका केहि डिलरले कम्पनीका बारेमा झुटा तथा आधारहिन आरोप लगाउँदै भ्रम फैलाउने काम गरेको र कम्पनीका कर्मचारी उपर व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने खालका नाराबाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रदर्शन गरी कम्पनीको कार्यसंचालनमा व्यवधान पुर्‍याउने जस्ता गैरकानुनी कार्यहरु भई आएको र एनसेलले आफ्ना सिम तथा रिचार्ज कार्ड देशभर पुर्‍याउन तथा बिक्री बितरणका लागि ५ वटा वितरक मार्फत कार्य गर्दै आएको जनाएको छ । यी वितरकसँग एनसेलको सम्झौता रहेको र उनीहरुले सोहि सम्झौता अन्तर्गत रहि काम गर्दै आएका छन् । केहि डिलरले दाबी गरे झैं एनसेलले बितरकको सम्झौता खारेज गरेको छैन भनेको छ ।


साथै कम्पनीले  डिलरको नियुक्ती बितरकले आफ्नो व्यावसायिक योजना तथा आवश्यकता बमोजीम गर्ने गरेको  डिलरसँग एनसेलको प्रत्यक्ष सम्झौता रहने व्यवस्था नरहेको , त्यसर्थ एनसेलले डिलर हटाएको भन्ने आरोपमा कुनै सत्यता नरहेको र वितरकको तर्फबाट पनि कुनै डिलरलाई हटाएको जानकारी  नआएको जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ