arrow

कोलकाता आइपीएल क्रिकेटको शीर्ष स्थानमा, पुनेमाथि ७ विकेटको जित

उथप्पाको आक्रामक ब्याटिङ

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
uthhapa-gambhir-kkr.jpg

पुने । कोलकाता नाइट राइडर्स भारतमा भइरहेको आइपीएल क्रिकेटको अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ । लिगको तीसौं खेलमा राइजिङ पुने सुपरजाइन्टलाई ७ विकेटले पराजित गर्दै कोलकाता शीर्ष स्थानमा पुगेको हो । 

पहिले ब्याटिङ गरेको पुनेले ५ विकेटको क्षतिमा १८२ रन बनायो । कप्तान स्टेफेन स्मिथले ३७ बलमा नटआउट रहँदै ५१ रन बनाए । 

अजिन्क्या रहानेले ४१ बलमा ४६ रन तथा राहुल त्रिपाठीले २३ बलमा ३८ रन बनाए । 

जवाफमा कोलकाताले १८.१ ओभरमै ३ विकेटको नोक्सानीमा पुरा गर्न सफल भयो । रविन उथप्पाले ४७ बलमा ८७ रन बनाए भने कप्तान गौतम गम्भीरले ४६ बलमा ६२ रन बनाए । 

गम्भीर यो संस्करणका सबैभन्दा बढी रन बनाउने खेलाडीसमेत हुन् । उनले ३०५ रन बनाएका छन् । 

जितपछि कोलकाताको ८ खेलबाट १२ अंक भएको छ । कोलकाताले रन रेटमा मुम्बई इन्डियन्सलाई पछाडि पारेको छ ।

सनराइजर्स हैदराबादको ८ खेलबाट ९ अंक छ भने पुनेको ८ अंक छ । 

बिहीबार रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात लायन्स भिड्ने छन् राति ८ः१५ बजे बैंगलोरमा । 

गुजरात ४ अंकसहित पुछारमा छ भने बैंगलोर ५ अंकसहित छैटौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ