arrow

यसरी पुग्यो संसद बैठकमा कोरम, घर पुगिसकेका मन्त्री र सांसद पनि फर्के 

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
samsad-chaldai.JPG

काठमाडौं । विपक्षी एमालेसँगको सहमतिमा खुलेको संसद गणपुरक संख्या नपुगी स्थगन भएपछि घर पुगेका सांसद र मन्त्रीहरुलाई बोलाएर सत्ता पक्षले कोरम पुर्याएको थियो ।

मधेस केन्द्रीत दलसँगको सहमतिअनुसार बैशाख १८ भित्र संशोधन विधेयक पारित गरिसक्न बुधबार नै संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गराउने तयारीमा सत्ता पक्ष थियो । 

तर विचार गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गर्न लाग्दा नेमकिपाका प्रेम सुवालले कोरमको कुरा उठाएका थिए ।

सभामुखले गणना गर्दा १ सय २८ जनामात्र सांसद उपस्थित थिए । 

कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न एक चौथाई सांसदको उपस्थिति चाहिन्छ । 

त्यसपछि आधा घण्टा बैठक स्थगित गराएर घर पुगेका सांसद र मन्त्रीहरुलाई बोलाइएको थियो ।

कोरम पुगेपछि संसदले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ