arrow

प्रिमियर लिगमा चेल्सीलाई टोटनह्यामको चुनौती कायमै

बुधबारका तीनै खेलमा १–० को नतिजा

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
tottenham-crystal.jpg

सेल्हस्ट पार्क । इङलिश प्रिमियर लिग फुटबलमा उपाधिका लागि चेल्सीलाई टोटनह्याम हटसपरले दबाबमा राख्न सफल भएको छ ।

टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले हराएसंगै फेरि पनि चेल्सीलाई ४ अंकको अन्तरमा राख्न सफल भएको हो ।

क्रिष्टलकै मैदान सेल्हस्ट पार्कमा भएको खेलमा चेल्सीलाई विजयी गराउन क्रिष्टियन इरिक्सेनले निर्णायक गोल गरेका हुन् । 
बुधबार रातिका अन्य खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० ले हरायो । रोबर्ट हुथले आत्मघाती गोल गर्दै विपक्षी आर्सनललाई जिताउन मद्धत गरे ।

त्यस्तै मिडिल्सब्रोले पनि सन्डरल्याण्डमाथि १–० कै जित हासिल गरेको छ । यो हारले सन्डरल्याण्डको रेलिगेशन पक्का भएको छ । मिडिल्सब्रो एक स्थान माथि भए पनि रेलिगेशन टार्न सकेको छैन । 
Mauricio Pochettino celebrates Tottenham's victory over Crystal Palace at Selhurst Park

Christian Eriksen's goal settled matters in favour of the visitors on Wednesday night

Eriksen slides on his knees in celebration after netting in the 78th minute 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ