arrow

आगलागीले तराईमा हैरानी, राति छवटा घर जलेर नष्ट

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
fire.jpeg

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–६ घुस्कीमा बुधबार राति आगलागीमा परी छवटा घर जलेर नष्ट भएका छन् । 

स्थानीयवासी हरिस अन्सारीको घरबाट अचानक आगलागी हुँदा छ परिवारका छवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

आगलागीमा स्थानीयवासी हसिम अन्सारी, वारोस अन्सारी, हरिस अन्सारी, जमाल अन्सारी, उस्मान अन्सारी र हारुन अन्सारी गरी जम्मा छ परिवारको छवटा घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए । 

आगलागीमा परी करिव रु आठ लाख बराबरको क्षति भएको स्थानीयवासीले बताएका छन् । 

तर जिल्ला प्रहरी कार्यालय सुनसरीले क्षतिको विवरण आइनसकेको जनाएको छ । 

आगलागीलाई स्थानीयवासी, नेपाल प्रहरी, इनरुवा र इटहरीबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ