arrow

चितुवाले विध्वंस मच्यायो, एकैरात आधा दर्जन घाइते

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
leopard-attack.jpg

धनुषा । धनुषामा चितुवाको आक्रमणबाट छजना घाइते भएका छन् । 

बुधबार साँझ अबेर अन्दुपट्टी कटरैत गाविसस्थित वनमा घाँस दाउरा ल्याउन तथा गोठालो गएकामाथि एक्कासि जङ्गलबाट आएको एक चितुवाले आक्रमण गरेको हो । 

आक्रमणबाट घाइते हुनेमा अन्दुपट्टी कटरैत–६ बस्ने प्रमेश्वर यादव, सञ्जीवकुमार साह, तिलेश्वर मुखिया, पञ्चु मुखिया र गीतादेवी मुखियालगायत छन् । 

उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चितुवाको आक्रमणबाट घाइते भएकाहरु अस्पतालमा उपचार गराउन आएपछि मात्र घटनाबाहिर आएको प्रहरी उपरीक्षक लीलामणि आचार्यले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ