arrow

नेविसंघ केन्द्रिय समिति विस्तार, को को परे ?

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
nepal-student-union.jpg.jpeg

काठमाडौं । नेपाल बिद्यार्थी संघ केन्द्रिय समिति आठ महीना पछि बिस्तार भएको छ। नेविसंघ अध्यक्ष नैन सिंह महरले तीन जना केन्द्रिय सदस्यमा मनोनीत गरेका हुन। मनोनीत हुनेमा संजीब न्यौपाने, तीर्थ गौतम र मनीष जंग थापा रहेका छन।

मनोनित हुने तीनै जना महरका नजिक र लामो समय देखी बिद्यार्थी राजनीतिमा सक्रिय भूमिका निभाई काम गरेका बिद्यार्थी नेता हुन। मनोनीत हुने संजीब न्यौपाने पब्लिक यूथ क्याम्पस धोबिचौर काठमाडौंमा २०६२ सालमा नेविसंघ अध्यक्ष भई काम गरी सकेका थिए । न्यौपाने सिंधुली निवासी हुन। तीर्थ गौतम नेविसंघ केंद्रीय क्याम्पस किर्तिपुरका पूर्ब उपाध्यक्ष हुन । गौतम उदयपुर निबसी हुन । त्यस्तै मनीष जंग थापा कलंकी निबासी हुन । लामो समय देखी नेविसंघमा काम गरेका थापा समेत गरी तीन जना मनोनीतको पहिलो चरणमा परेका छन।

नेविसंघको बिधान अनुसार २२जना पधादिकारी र सदस्य मनोनीत गर्ने ब्यबस्था छ। अरु बाकी केहि समय पछि मनोनीत गर्ने अध्यक्ष  महरले बताए ।

महरले अब बाकी मनोनयन , बिभाग छिट्टै पूरा गरी खाली भएका जिल्लाको अधिबेशन सुरु गर्ने बताए । महरले काम गरेका र संघलाई लामो समय देखी मेहनत गरेका साथीभाई लाई समेटेर कसैलाई लाखा पाखा नगरी न्यायिक ढंगले संघले काम गर्ने बताए ।

उनले निजी विद्यालयले लिएको मनपरि शुल्क घटाएर नेपाल सरकारको नियम र दायरा भित्र ल्याउने दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ