arrow

रुकुमेली जनताले रुस्ट हुदै भने, ऊर्जामन्त्री शर्माको अन्तिम इच्छा पुरा भो

logo
दिलिप खड्का,
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
Rukum_District.png

वैशाख। रुकुमलाई दुईभागमा विभाजन गरिए पछि रुकुमका जनताले जिल्लालाई दुईभागमा विभाजन गर्नु ऊर्जा मन्त्री जनार्दन शर्माको ठुलो हात रहेको बताएका छन्। मन्त्रि शर्माले जिल्लालाई दुईभागमा विभान गर्न धेरै चलखेल गरेका थिए भन्ने यहाँका जनताको भनाई छ। सरकारले सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउपालिका  प्रदेश नं. ५ मा राख्ने र बाँकी मुसिकोट, चौरजहारी, आठविसकोट नगरपालिका तथा सानीभेरी, त्रिवेणी र बाँफिकोट गाउपालकालई प्रदेश नं. ६ मा राख्ने निर्णय गरेसंगै ऊर्जामन्त्रि शर्माको अन्तिम इच्छा पुरा भएको रुकुमेली जनताले बताएका छन्। 


तर यता ऊर्जामन्त्री शर्माले रुकुमको सिमाकंन अन्तिम टुंगो नभई निर्वाचन परियोजनका लागि भएको बताए। मन्त्री शर्माको कुराले रुकुमका जनतालाई अझै भ्रम पारेको छ। उनले स्थानिय चुनावमा आफनो पार्टीको माहोल बचाउ गर्न यस्तो कुरा बोलेको हुन सक्ने आकलन गर्न सकिन्छ। यदि वुधवारको मन्त्रि परिषद्को  निर्णय नै सहि भएमा रुकुमको पर्यटकिय क्षेत्र तथा पहिचान प्रदेश नं. ५ मा पर्ने छन्। रुकुमका पर्यटकिय क्षेत्र प्रदेश नं. ५ मा पर्ने भए अधिकांश रुकुमको पहिचान गुम्ने र प्रदेश नं. ६ मा पर्ने आधा भन्दा बढि रुकुमेली जनता उनको पार्टी संग रुस्ट हुने देखिन्छ। त्यसैले उनले यो सिमाकंनको निर्णय निर्वाचन परियोजनका लागिमात्र हो भन्नु स्वभाविक छ। 


यहाँका जनताले मन्त्री शर्मालाई पटकपटक प्रश्न गर्ने गरेका छन्। रुकुमलाई टुक्राएर तपाईले पाउने के हो ? तपाईले रुकुमलाई किन टुक्रा पार्न चाहानुहुन्छ ? तर शर्माले अहिले सम्म रुकुमेली जनतालाई स्पष्ट उत्तर दिन सकेका छैनन्। रुकुमेली जनताको एउटामात्र माग छ। कि सिंगो रुकुमलाई प्रदेश नं. ५ मा राख्नु पर्छ, कि प्रदेश नं. ६ मा कायम गरिनु पर्दछ। जनताको एउटा माग हुँदाहुँदै किन मनोमानि गर्दै छन् मन्त्री शर्मा ? 


उनको मनमा केहि न केही कपट छ नै, सरकारले सिमाकंनको टुंगोको संकेत दिदा पनि रुकुमको सिमाकंनको ठोस निर्णय होईन, निर्वाचन परियोजनका लागि हो भन्नु उनको कतिको महानता हो ? के उनले रुकमेली जनतालाई सधै आफनो पक्षमा घुमाएर राख्नलाई षडेन्त्र गरेका हुन त ?


किन स्पष्ट धारण आउन सकेको छैन। यसले सजिलै बुझन सकिन्छ राजनीतिक धारले आफनो पार्टिलाई सजिलो पार्न यस्तो गरेका हुन। रुकुमको सिमाकंन निर्वाचन परियोनका लगिमात्र किन चाहियो, भन्ने जनताको प्रश्न ऊर्जा मन्त्री शर्मालाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ