arrow

रन्थन्निएर बालुवाटार पुगेका मधेसी नेतालाई यसरी फकाए प्रचण्डले

एमालेसँग पत्र फिर्ता लिने मात्र सहमति भएको हो, स्थानीय तह बढाउने निर्णय फिर्ता लिएको होइन

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
PM-morcha_neta.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई पठाइएको पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको बताएका छन् ।

नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलसंगको भेटमा दाहालले सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य भने फिर्ता नलिएको स्पष्ट पारे । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल आज प्रम प्रचण्डलाई भेट गर्न बालुवाटारमा पुगेका थिए ।

सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच व्यवस्थापिका–संसद् सञ्चालन गर्न सरकारले हाललाई तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य स्थगित गर्ने सहमति भएपछि वुधबार सदन खुलेको थियो ।

सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिकका विषयमा सो पार्टीका अध्यक्षमण्डलले प्रधानमन्त्री दाहालसँग बालुवाटारमा जिज्ञासा राखेको भेटपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए । उनले आफूहरुको जनसङ्ख्याका आधारमा तराई मधेसको जिल्लाका गाउँपालिका तथा नगरपालिका पुनरावलोकन गर्नुपर्ने माग यथावत् नै रहेको सुनाए ।

भेटमा प्रधानमन्त्री दाहालले आफूहरुलाई सरकार र प्रमुख प्रतिपक्षी दलका बीचमा सदन सञ्चालन गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई गरेको पत्रमात्र फिर्ता लिन सहमति भएको जानकारी दिएको बताए ।

दलले प्रम प्रधानमन्त्री दाहाललाई आफ्नो पार्टीको चुनाव चिह्न छातालाई मान्यता दिन निर्वाचन आयोगसित समन्वय गरिदिनसमेत आग्रह गरेको अध्यक्ष मण्डलका सदस्य महतोले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने, – “हामीले विभिन्न छवटा पार्टी एकीकृत भई निर्माण भएको राष्ट्रिय जनता पार्टी नेपालका बारेमा पनि प्रमलाई जानकारी गरायौँँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ