arrow

एमालेसहित विपक्षी ९ दलको निर्णय, संशोधन फेल गर्न दस्ता बनाउने

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । एमालेसहित विपक्षी ९ दलले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नदिने निर्णय गरेका छन् । विहिबार दिउँसो बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले संसदमा छलफलमा ल्याएको संशोधन प्रस्ताव राष्ट्रिय भावना र हित विपरीत रहेको भन्दै कुनै पनि हालतमा पास हुन नदिने निर्णय गरेका हुन् ।

विपक्षी गठबन्धनमा रहेका ९ वटै दलहरु एकतावद्ध भएर जाने निर्णय भयो, एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘सबै एक भएर साझा धारणा बनाएर अघि बढ्ने निर्णय भएको छ ।’ संविधान संशोधन विधेक कुनै पनि हालतमा पारित हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ