arrow

एमाले अध्यक्ष ओली र स्थानीय विकासमन्त्री थापाबीच भेटवार्ता

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
kp-kamal.JPG

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता भएको छ । सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा उनीहरुबीच स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल भएको हो । 

 

स्थानीय विकासमन्त्री थापाले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका रुपमा अगाडि आएको मधेसी मोर्चालाई कसरी समेटेर जाने र सीमाङ्कनसम्बन्धी विवादको निदान कसरी खोज्ने भन्ने बारेमा छलफल भएको जानकारी दिए। 

 

प्रमुख प्रतिपक्ष एमाले मुलुकका वर्तमान सबै समस्याको समाधान खोज्न सकारात्मक रहेको समेत उनले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ