arrow

चुनावको समयमा मानव अधिकारको सम्मान गर्न आयोगको आग्रह 

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
National-Human-Rights-Commission.jpeg

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्वाचन अघि, निर्वाचनको समय र निर्वाचनपश्चात् गरी तीन चरणमा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा  देशव्यापी रूपमा अनुगमन गर्ने भएको छ । आयोगको मानव अधिकार अधिकृत सहितको टोली यसै हप्तादेखि अनुगमनको लागि खटिने भएका छन् । 


टोलीले, राजनीतिकदलहरूले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाएनपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएनभएको सम्बन्धमा अनुगमन गर्नेछ । 

 

यसका साथै मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार हनन्, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक लगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, ‘स्थानीय तह निर्वाचन आचार संहिता, २०७३’ मा उल्लिखित मानव अधिकार सम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायतका विषयमा समेत टोलीले अनुगमन गर्ने भएको आयोगकी प्रवक्ता मोहना अन्सारीले जानकारी दिईन् ।  


निर्वाचनको अनुगमनका लागि आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीको संयोजकत्वमा मानव अधिकार अनुगमन तथा समन्वय समिति निर्माण गरिएको छ । निर्वाचन अनुगमन सम्बन्धमा आयोगका केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयका कर्मचारीहरुलाई मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्नकालागि अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भैसकेको पनि आयोगले जनाएको छ । 

 

अतः कुनै पनि राजनीतिक विषयलाई समर्थन गर्ने वा नगर्ने राजनीतिकदल वा व्यक्तिको अधिकार भएपनि त्यसलाई हिंसात्मक एवम् ध्वंसात्मक नबनाउन तथा सर्वसाधारणको मानव अधिकारको सम्मान गर्न राजनीतिक दल तथा सरोकारवालाहरुसँग आयोगले आग्रह गरेको छ । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ