arrow

१३ वर्ष किन रोकियो ? तर अब बाहिरी चक्रपथ रोकिदैन : मन्त्री केसी

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
Arjunnarsing.jpeg

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकालाई जोडदै व्यवस्थित सहरीकरण गर्ने वृहत् लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिइसकेको जनाएको छ । १३ वर्षदेखि अनिर्णयको अवस्थामा थन्किरहेको, कुल लम्बाई ७१.९३ कि.मि. हुने यस चक्रपथको निर्माणका लागि सहरी विकास मन्त्री अर्जुननरसिंह के.सी.ले सबै अड्चन र कठिनाईलाई चिर्दै मन्त्रालयबाट बैशाख १३ गते सम्पूर्ण निर्णय प्रक्रियालाई पूर्ण रुप दिइसकेको छ । 

आउँदो आर्थिक वर्षदेखि यो चक्रपथ निर्माणको प्रथम चरणका रुपमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटरमा निर्माण शुरु हुनेछ । प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनी रहेका छन् । चक्रपथको कुल लम्बाईमध्ये काठमाडौँमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० कि.मि. र भक्तपुरमा २१.०५ कि.मि. हुनेछ ।

 

नौ महिनाअघि सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि उनले कर्मचारी संयन्त्रलाई दिएको २५ बुँदे निर्देशन र प्राथमिकतामा परेको यो चक्रपथ निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि परिमार्जनसहित तयार भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा सहरीकरण र गाउँबाट सहरमा बसाईँ आउने जनताको ओइरोलाई राम्ररी बुझेका मन्त्री के.सी.ले “व्यवस्थित सहरीकरण र सुन्दर राजधानी उपत्यकाको निर्माणको लागि जरुरी रहेको बाहिरी चक्रपथ निर्माण प्रक्रियालाई गति दिएको” बताए। 

 

संघीय राजधानीको रुप लिन थालेको काठमाडौँ उपत्यकाका तीनवटै पुराना सहर र अन्य नवघोषित नगरपालिकाहरूलाई एउटै सडक सञ्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित सहरीकरण गर्ने दीर्घकालीन सोचअनुरुप तयार भएको यो चक्रपथ आयोजना, जग्गा विकास (ल्यान्ड पुलिङ्) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको नेपालकै पहिलो सडक हुनेछ ।

 

बाहिरी चक्रपथको ५० मिटर अधिकारक्षेत्र सहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च नेपाल सरकारबाट ब्यहोरिने भएको छ भने ५०० मिटर चौडा क्षेत्रमध्ये मूल सडक बाहेकका क्षेत्रमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ्) आयोजनाद्वारा व्यवस्थित सहरीकरण गरिने मन्त्रालयको जनाएको छ । काठमाडौँको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर शुरु हुने यो चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाईला, बाहिरी स्वयम्भु, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाईपास, गोँगबुँ, हिलेडोल, मनमैँजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसालगाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ बताइएको छ।

 

सीतापाइलाबाट हलचोक, गैह्रीगाउँ (इचङ्गुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङ्लाई चिर्दै १३ कि.मि. क्षेत्रको टोखा–सरस्वतीक्षेत्रमा मिलाउने गरी विचाराधीन अतिरिक्त सडक बनाएमा चक्रपथको लम्बाई थप १५ कि.मि. बढेर ८६ किलोमिटरभन्दा बढी हुने पक्ष विचाराधीन छ । भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघाारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधीकोट, गाम्चा भएर अगाडि बढ्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ