arrow

संविधान संशोधन र स्थानीय तह निर्वाचनका बारे सर्वदलीय बैठक बस्दै

logo
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
Five_Party_Meetiong.jpg

काठमाडौं।  प्रम पुष्पकमल दहालले समयसामायीक बिषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका छन्। 

पछील्लो राजनीतिक परिस्थिती र नजिकिंदै गरेको निर्वाचनका बारे छ॥फल गर्न उक्त बैठक बोलाईएको प्रमका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएाक छन्

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गर्न लागेका हुन्।  

संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नुभएअनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा सत्तारूढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ